Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


एभिसी सेन्ट्रल जोन भलिबलमा नेपालले पाँचौं स्थानका लागि प्रतिश्पर्धा गर्ने


0
Shares

काठमाडौं, भदौ ५ । एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको पाँचौं स्थानका लागि नेपालले अफगानिस्तनसँग खेल्ने भएको छ ।

समूह चरणबाट बाहिरिएका दुई टोली नेपाल र अफगानिस्तानबीचको यो खेल शुक्रबार हुनेछ । 

किर्गीस्तान र माल्दिभ्सविरुद्धको दुवै खेल हार्दै समूह ‘ए’को पुछारमा रहेको नेपालले समूह ‘बी’ मा तेस्रो स्थानमा रहेको अफगानिस्तानलाई प्रतिस्पर्धी पाएको हो । चार टोली रहेको समूह ‘बी’ मा बंगलादेशलाई हराउँदै अफगानिस्तान तेस्रो भएको हो । सबै तीन खेल हारेको बंगलादेश भने च्याम्यिनसिपको पुछारको टोली बनेको छ । 

नेपाल र अफगानिस्तानले सातामा तेस्रो पटक खेल्न लागेका हुन् । प्रतियोगिताको तयारीका लागि नेपाल र अफगानिस्तानले लगनखेलस्थित नेपाली सेनाको यही कभर्ड हलमा दुई मैत्रीपूर्ण खेल खेलेका थिए । दुबै खेलमा नेपालले अफगानिस्तानलाई ३–२ को सेटमा हराएको थियो ।

च्याम्पियनसिप अन्तर्गत आज सेमिफाईनलका दुई खेल हुनेछन् भने तेस्रो र पाँचौ स्थानको लागि भोलि प्ले–अफ खेलहरु हुनेछन् । पहिलो सेमिफाइनलमा कीर्गिस्तान र तुर्कमिनिस्तानबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो सेमिफाइनलमा उज्वेकिस्तानले माल्दिभ्सको सामना गर्नेछ । फाईनल खेल शनिवार हुनेछ ।