ताप्लेजुङ, भदौ ४ । एलाभेन एरोज फुटबल क्लब सुनसरी ताप्लेजुङमा जारी पाथीभरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको पहिलो सेमिफाइनल खेलमा रेडहर्ष क्लब इलामलाई २–० ले पराजित गर्दै एलाभेन एरोज उपाधिनजिक पुगेको हो ।
एलाभेन एरोजको जितमा खेलको ४५औं मिनेटमा विदेशी खेलाडी यानिक ओनाले र ९१औं मिनेटमा श्याम चौधरीले एक/एक गोल गरे ।
खेलको ‘म्यान अफ दी म्याच’ एलाभेन एरोजका यानिक ओना घोषित भए । उनले नगद पाँच हजार रुपैयाँ प्राप्त गरे ।
बिहीबार हुने दोस्रो सेमिफाइनलमा रेडस्टार फुटबल क्लब झापा र डाँगीहाट क्लब मोरङबीच प्रतिस्पर्धा हुनेछ ।
उपाधि भिडन्त भदौ ६ गते हुनेछ ।
प्रतियोगिताको विजेताले तीन लाख ११ हजार र उपविजेताले एक लाख ५१ हजार रुपैयाँसहित ट्रफी पाउने आयोजकले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्