१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


ओली ट्रस्टको जग्गा अवैधानिक


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ट्रस्टले अवैधानिक तरिकाले जमिन आफ्नो नाममा राखेको पाइएको छ । ‘केपी शर्मा ओली ट्रस्ट’को नाममा तेह्रथुमको आठराईमा भएको १ सय १० रोपनीमध्ये ४० रोपनी जग्गा कानुनले तोकेको सीमाभन्दा धेरै हो ।

२०७१ भदौ २६ गते आठराई-४ र ५ को १ सय १० रोपनी जग्ग मालपोत कार्यालय संक्रान्ति बजार तेह्रथुमले केपी शर्मा ओली ट्रस्टको नाममा पास गरिदिएको कागजात प्राप्त भएको छ । जबकि मूमि ऐन, २०२१ ले कुनै व्यक्ति या संस्थाले काठमाडौंबाहिरका पहाडी क्षेत्रको जग्गा ७० रोपनीभन्दा धेरै राख्न नपाउने स्पष्ट व्यवस्था छ ।

प्रधानमन्त्री ओलीकी श्रीमती राधिका शाक्य संरक्षक तथा अध्यक्ष रहेको ट्रष्टले आठराई ४ र ५ को जग्गा खरिद गरेको थियो । सात सदस्यीय ट्रस्ट सञ्चालक समितिमा अरु पदाधिकारी भने परिवार र नातागोताबाहिरका छन् ।

मालपोत कार्यालय संक्रान्ति बजारले दिएको जग्गाधनी पुर्जामा केपी शर्मा ओली ट्रष्टको कार्यालय बालकोट ४ भक्तपुर उल्लेख छ । प्रधानमन्त्री ओलीको निजि निवास पनि बालकोटमै छ । २०७१ मा ओलीको स्वास्थ्य अलि बिग्रिएको थियो ।

त्यतिखेरै आफ्नो नाममा ट्रस्ट खोल्ने र ट्रस्टबाट सामाजिक सेवा गर्ने उनको इच्छाअनुसार ट्रस्ट दर्ता गरिएको थियो । ट्रस्टकै लागि भन्दै ओलीले आफ्नो बुबाले बेचेको पुख्र्यौली घरसमेत त्यतिखेरै फिर्ता गरेका थिए । त्यही घरमा पोहोर उनको जन्मोत्सव भवय तवरमा मनाइएको थियो । कान्तिपुर