
काठमाडौं, भदौ ४ । चार दिन स्थीर रहेको सुनको भाउ बुधबार पुनः बढेको छ ।
सुनको मूल्य बुधबार तोलामा ३०० रुपैयाँले बढेर तोलाको ७१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अमेरिका–चीन व्यापार युद्धपछि सुनको भाउ लगातार बढिरहेको छ ।
बुधबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर तोलाको ८३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
चाडपर्व नजिकिँदै गर्दा सुनचाँदीको भाउमा उच्च वृद्धि आएपछि कारोबार ठप्पजस्तै रहेको व्यवसायीले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्