 
	    काठमाडौं । तेस्रोलिंगी महिला तथा पुरुष र समलिंगीहरु एचआइभीलगायतका यौनजन्य सरुवा रोगको उच्च जोखिममा रहेको एक अध्ययनले देखाएको छ ।
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले गत असारदेखि चैतसम्म एचआईभी जोखिममा परेका समूहको जैविक र व्यवहारिक अनुसन्धानमा यस्तो देखाएको हो ।
केन्द्रले तराईका २२ जिल्लामा गरेको सर्वेक्षणमा पुरुष समलिंगी र तेस्रोलिंगीमा एचआईभीको व्यापकता दर आठ प्रतिशतभन्दा बढी देखिएको छ ।
केन्द्रले भारतमा काम गरेर फर्केका आप्रवासी पुरुष, उनीहरुका श्रीमती र महिला यौनकर्मी जस्ता जोखिम समूहबी यस्तो सर्वेक्षण गरेको थियो ।
अध्ययनअनुसार अरु समूहभन्दा तेस्रोलिंगीमा यौनजन्य संक्रमण भिरिंगीको व्यापकता दर पनि २ प्रतिशतभन्दा बढी देखिएको छ । अरु समूहमा यस्तो संक्रमण भने एक प्रतिशत मात्रै छ । –कान्तिपुर दैनिकबाट


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्