७ श्रावण २०८२, बुधबार | Wed Jul 23 2025


कृष्णनगर भन्सारमा राजस्व घट्यो, अनलाइन सुविधा प्रभावकारी भएन


0
Shares

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा भन्सारको जटिलताले भारतीय पर्यटकमा कमी आउनुका साथै राजस्व असुली घट्ने अनुमान गरिएको छ ।

सूचना प्रविधिको विकासले काम सहज र सरल हुनुको सट्टा झनझटिलो बन्दै गएको छ ।

भदौ एक गतेदेखि भारतीय सिमासँग जोडिएका देशभरिका नाकाहरुमा अनलाइनमार्फत सुविधा दिने भनेर शुरु गरिएको दिनदेखि नै भारतीय गाडी र मालवाहक गाडीहरुको चाप घट्दै गएको छ ।

अनलाइन सुरु हुनुभन्दा पहिले कृष्णनगर भन्सारबाट क्लींकर, मेसिनरी सामान, फलफुल, कपडालगायतका मालसमान अधिक मात्रामा पैठारी हुने गरेको क्लियरिंग ऐजेन्ट श्याम कुमार मिश्रले जानकारी दिए ।

मिश्रका अनुसार यस नाकाबाट अहिलेसम्म कै न्यून पैठारी भईरहेको र आर्थिक वर्ष २०७६ र ०७७ को राजस्व लक्ष्य पनि घट्ने सम्भावना भएको जानकारी दिए । 

कपिलवस्तुको मुख्य व्यापारिक नाका कृष्णनगर भन्सारमा यसरीे कम्प्युटर प्रक्रियामा जटिलता बढ्दै जाने हो भने भारतीय क्रेतामाथि निर्भर रहेको कृष्णनगर बजार पनि सुक्नेमा स्थानीय व्यापारी सशंकित छन् ।

भारतका सिद्धार्थनगर, बलरामपुर, बस्ती, बहराईच जिल्लाबाट बहादुरगंजको आँखा अस्पतालमा मोतियाबिन्दुको अप्रेसन गराउन आउने बिरामीले दिउँसो ११ बजे जम्मा गरेको फारम बेलुकी ४ बजे मात्र भन्सार हुने भएकाले औषधि गराएर फर्कन नसकिने बताएका छन् ।

कृष्णनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत बिष्णु पौडेलले जनशक्ति र प्रविधि व्यवस्थापन गरिसकेपछि सुविधा र भन्सार गर्नमा समस्या नआउने आश्वासन दिएका छन् ।