२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


दराज केस स्टडी च्याम्पियनसिपः फाइनल राउन्डमा ८ कलेज


0
Shares

काठमाडौं, साउन ५ । अनलाइन सपिङ कम्पनी दराज डटकम डटएनपीले ‘दराज केस स्टडी च्याम्पियनसिप’को आयोजना गरेको छ ।

दराज नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको दराज केस स्टडी च्याम्पियनसिपको फाइनल राउन्डमा ८ कलेजले स्थान बनाएका छन् ।

२२ मेनेजमेन्ट कलेज सहभागी रहेको कलेजस्तरीय दराज केस स्टडी च्याम्पियनसिपबाट फाइनल राउन्डका लागि ८ टोली छनोट भएका हुन् ।

च्याम्पियनसिपमा प्रत्येक कलेजबाट तीन/तीनजना विद्यार्थी सहभागी छन् ।

यस च्याम्पियनसिपमा छनोट भएका समूहलाई अघिल्लो ‘दराज फ्युचर लिडरसिप प्रोगाम’मार्फत् १८ महिने कोर्षमा सहभागी गराइने र त्यसबाट उत्कृष्टलाई दराजको व्यवस्थापककारुपमा काम गर्ने अवसर प्रदान गरिने आयोजकले जनाएको छ ।