२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


प्रचण्डले अहिलेसम्म आठ वटा सरकार ढालिसके– मन्त्री रायमाझी


0
Shares

अर्घाखाँची । उर्जामन्त्री टोपबहादुर रायमाझीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी फुटाउने र सरकार ढाल्ने काममा लागेको आरोप लगाउनुभएको छ ।

आइतबार प्रेस संगठन अर्घाखाँची शाखाले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा रायमाझीले अहिलेसम्म ८ वटा सरकार ढाल्न प्रचण्डको मुख्य हात रहेको बताउनुभयो ।

पछिल्लो केही दिन यता नेपालमा लोडसेडिङ सुरु भयो भन्ने कुरा गलत भएको उर्जामन्त्री रायमाझीको दाबी छ ।

गत वर्षभन्दा यस वर्ष विद्युत क्षमता बढी भएकाले लोडसेडिङ नभइ ओभरलोड भएको उहाँको भनाइ छ । पुरानो सिस्टमले लोड धान्न नसक्ने अवस्था भएकोले केही समस्या आएको उहाँको तर्क छ र