
रसुवा । रसुवाको गोसाँईकुण्ड गाँउपालिकाको वडा नम्बर पाँचको सानो भार्खुदेखि ठूलो स्याफ्रूसम्म जोडने सडकको स्तरोन्नोतिको काम अन्तिम चरणमा पुगेको छ । दस किलोमिटर सडकको ९० प्रतिशत काम सम्पन्न भएको हो ।
अबको पन्ध्र दिन भित्रमा काम सकिने भए पनि तुसारो पर्ने र पानी जम्न थालेपछि आरसिसी तथा कजवेको काम फागुन मसान्तमा मात्र पूरा हुने आयोजनाले जनाएको छ ।
दुई वर्षभित्रमा काम सकिने गरी पाँच करोड पचास लाख रुपैयाँको लागतमा स्वच्छन्द वल्ड वाइज अमृत जेबी कन्ट्रक्सनले जिम्मा लिएको थियो । तर कोरोनाको संक्रमणको त्रासका कारण काममा केही ढिलो भएको आयोजनाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्