
काठमाडौं । होन्डाको लोकप्रिय कम्युटर बाइक साइनले एक नयाँ बेन्चमार्क स्थापित गरेको छ । भारतीय बजारमा १२५ सीसी मोटरसाइकल सेगमेन्टमा साइनले ९० लाख युनिट बिक्री भएर नयाँ रेकर्ड कायम गरेको हो । भारतमा सो बाइक सन् २००६ मा लन्च गरिएको थियो ।
कम्पनीका अनुसार होन्डा साइनले १२५ सीसी सेगमेन्टको बाइकमा ३० प्रतिशत बजार हिस्सा ओगटेको छ । नोभेम्बर २०१९ मा होन्डा साइन ७५ हजार १४४ युनिट बिक्री भएको थियो । सो बाइकको बिक्री २०२० नोभेम्बरमा ९४ हजार ४१३ युनिट बिक्री भएको थियो ।
होन्डा साइन बाइक निकै लोकप्रिय रहेको छ । सो बाइक लन्च गरेको ५४ महिनामा नै १० लाख युनिट बिक्री गरेको थियो । सन् २०१८ मा सो बाइकको बिक्री ७० लाख युनिट पुगेको थियो ।
समय क्रममा सो बाइकमा केही सुधार समेत गरिएको छ । नयाँ अवतारमा साइन बाइक बीएस६ नर्म्स भएको १२५ सीसी पीजीएम–एफआई एचईटी इन्जिन समावेश गरिएको छ । हाल यसमा इन्हेन्स्ड स्मार्ट पावर लेस रहेको छ ।नेपाल अटो
प्रतिक्रिया दिनुहोस्