Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


काठमाडौंको विजेश्वरीमा गोली चल्यो, लोप्साङ भनिने मिलन तामाङ पक्राउ


0
Shares

काठमाडौं, साउन २४ । विभिन्न आपराधिक कार्यमा संलग्न भएको आरोप लागेका लोप्साङ भनिने मिलन तामाङ पक्राउ परेका छन् ।

उनलाई पक्रने क्रममा प्रहरीले गोलीसमेत चलाउनु परेको छ । काठमाडौंको विजेश्वरी हाउजिङको झिंगु क्याफेबाट लोप्साङलाई प्रहरीले पक्रेको हो । उनलाई घुँडामुनी गोली हानेर पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्रहरीको गोली लागि घाइते भएका लोप्साङको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको महानगरीय प्रहरी हपराध महाशाखाको वरिष्ठ प्रहरी उपरीक्षक सहकुल थापाले जानकारी दिए । उनीसँगै अमृत तामाङ पनि पक्राउ परेका छन् ।

रामेछापको गेलु घर भएका लोप्साङ धम्क्याउने र लुटपाटमा संलग्न रहेको प्रहरीको दावी छ । 

टेलिफोनबाट गाउँपालिका अध्यक्षलाई दुई करोड माग्दै ज्यान मार्ने धम्की दिएको आरोप तामाङलाई लागेको छ । रामेछाप मन्थली नगरपालिकाका तामाङले सोही जिल्लाको लिखु गाउँपालिका अध्यक्ष गोविन्द खड्कालाई राजधानीमै बसेर धम्की दिँदै आएको प्रहरीले बताएको छ ।