
काठमाडों । म्याग्दीको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने ‘मौरिज हर्गोज ट्रेल’ सञ्चालनको तयारी भएको छ ।
८ हजार मिटरभन्दा अग्ला हिमालको पहिलोपटक आरोहण गरेका फ्रान्सका नागरिक मौरिज हर्गोजको नाममा स्थापना भएको पदमार्ग सञ्चालनको तयारी भएको हो ।
हर्जोगले सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथम हिमालको आरोहण गर्दै ८ हजार भन्दा अग्लो हिमालमा पहिलो पाइला टेक्ने दुर्लभ कीर्तिमान बनाएका थिए ।
म्यादीको अन्नपूर्ण गाउँपालिका नारच्याङबाट ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर जोड्ने पदमार्गलाई ‘मौरिज हर्गोज ट्रेल’ नामकरण गरिएको छ ।
यसका लागि गाउँपालिका, नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सिज एसोसिएसनका प्रतिनिधिले स्थलगत अध्ययन गरेका छन् ।
हिमाल आरोहण भएको ७० वर्षपछि आधार शिविरलाई आधारभूतस्तरको पदमार्गले जोडेर पर्यटक भित्र्याउन प्रचार–प्रसार र प्रवद्र्धनमा जुटेको गाउँपालिकाका अध्याक्ष डमबहादुर पुनले जानकारी दिनुभयो ।
उहाँले नेपाल भ्रमण वर्ष २०२० को अवसरमा पदमार्ग सञ्चालन गर्ने तयारी गरेको भए पनि कोरोनाले प्रभावित बनाएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्