
रसुवा । नेपालको राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको निमार्णाधिन गल्छी, त्रिशुली स्याफु्रबेसी रसुवागढी सडक अन्तर्गतको सोह्र किलोमिटर सडकको काम अझै अघि बढ्न सकेको छैन ।
निर्माण साम्झौता भएको १ बर्ष हुँदा पनि आयोजनाको काम सुरु हुन नसकेको हो । निर्माण कम्पनी चाईना टिबेट टिएनन्यु कम्पनी सम्पर्क विहीन बन्दा सडक निमार्ण कार्य सुरु नभएको हो ।
सडक छेउँका अस्थाई संरचना तथा सडकको बिजुलीको पोल हटाउने काम लगाएर ठेकेदार कम्पनी बेपत्ता भएको हो ।
चीन सरकारको आर्थिक तथा प्राबिधिक सहयोगमा सडक स्तरोन्ती हुन लागेको हो । यो सडकको साँढे आठ मिटर चौडाईमा कालो पत्रे गरिने छ भने छेउमा एक मिटर नाली रहने योजना रहेको छ ।
प्रतिक्रिया दिनुहोस्