
प्रकाश नेपाल/ईमेज
इलाम । पूर्वी पहाडी जिल्लाका कृषकले भेनियर अर्थात प्लाइउड बनाउन प्रयोग हुने कच्चा पदार्थ गोलियाको उचित मूल्य पाउन नसकेको गुनासो गरेका छन् ।
जिल्लामा भेनियर उद्योग र दक्ष जनशक्ति नहुँदा ठेकेदारमार्फत् तराईमा निकासी गर्नुपर्दा गोलियाले उचित मूल्य पाउन नसकेको उनीहरुको गुनासो छ ।
पुर्वी पहाडी जिल्लाबाट वर्षेनी गोलिया निकासीमा बृद्धि भए पनि किसानले उचित मुल्य पाउन सकेका छैनन् ।
जसमध्ये इलाममा एउटा मात्र भेनियर उद्योग रहेको साथै दक्ष जनशक्ति पनि नभएकाले कच्ची रुपमै तराइका जिल्लामा गोलिया निकासी भइरहेका छन् ।
निजी जग्गामा उत्पादन गरी बिक्री गर्दा गोलिया प्रति क्युविक फिट एक सय पचास रुपैयाँ मात्र पर्ने गरेको छ ।
कुकाठका रुपमा चिनिने उत्तिस, मलातो, चिलाउने, सिरिस र सीमललाई निजी नम्बरी जग्गामा उत्पादन गरी किसानले विक्री गर्ने गरेका छन् ।
ढुवानीका लागि भाडामा धेरै खर्च हुने भएकाले पनिे ठेकेदारमार्फत् बिक्री गर्दा निकै थोरै रकम किसानको हातमा पुग्ने गरेको हो ।
गोलियाबाट उत्पादित कच्चा भेनियर सुकाउनका लागि तराइमा सजिलो हुने र वन ऐनअनुसार उपयुक्त स्थान नभएकाले निकासी गर्न वाध्य भएको किसानहरु बताउँछन्
ठेकेदारले मुल्य अभिवृद्धि कर बुझाएर छोड पुर्जी लिएर तराइका जिल्लामा गोलिया निकासी गरिरहेका छन् ।
गत आर्थिक बर्षमा मात्रै इलामको निजी जग्गाबाट २८ लाख क्युविक फिट र सामुदायिक बनबाट ६५ हजार क्युविक फिटको गोलिया झापा लगायतका तराइका जिल्लामा निकासी भएको डिभिजन वन कार्यालय इलामका सुचना अधिकारी यम बहादुर रुम्बाले जानकारी दिए ।
गोलिया निकासीमार्फत् जिल्लामा किसान बाहेक साढे आठ सय मजदुरले प्रत्यक्ष रोजगारी पाएका छन् ।
गोलिया निकासीबाट बार्षिक एक अर्व १२ करोड ५० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार हुने समेत तथ्यांक छ ।
प्रतिक्रिया दिनुहोस्