१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


योगेश भट्टराईले लिए पर्यटनमन्त्रीको शपथ


0
Shares

काठमाडौं, साउन १५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नियुक्त भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराईलाई बुधबार मन्त्री नियुक्त गरेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्री भट्टराईलाई बुधबारै राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथसमेत गराएकी छन् ।

शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो ।

गएको फागनु १५ गते तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उक्त मन्त्रालय मन्त्रीविहीन अवस्थामा थियो ।

वि.सं. २०२३ साल भदौ २१ गते ताप्लेजुङमा जन्मिएका भट्टराई २०७४ सालको निर्वाचनमा त्यहीँबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।