२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


चितवनमा बाघको आहार प्रजातिको घनत्वमा कमी


0
Shares

चितवन, साउन १३ । चितवन राष्ट्रिय निकुञ्जमा बाघको आहार प्रजातिको घनत्व घटेको छ ।

सरकारले सन् २०२२ सम्ममा नेपालमा बाघको संख्या दोब्बर बनाउने लक्ष्यअनुरुप काम गरिरहेका बेला चितवनमा बाघको आहार प्रजातिको घनत्वमा केही कमी आएको तथ्यांक बाहिर आएको हो ।

विश्व बाघ दिवसका अवसर पारेर सोमबार चितवनको सौराहामा आयोजित अन्तरक्रियामा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका अनुसन्धान अधिकृत बाबुराम लामिछानेले बाघको आहार प्रजातिको घनत्वमा अघिल्लो वर्षभन्दा केही कमी देखिएपनि बाघलाई पुग्ने पर्याप्त आहार रहेको बताए ।

अध्ययन गरेको ‘सिजन’ फरक–फरक भएकाले पनि तथ्यांकमा केही कमी देखिएको उनको दाबी छ ।

कार्यक्रममा चितवन, नवलपुर, पर्सा र मकवानपुरका जनप्रतिनिधिहरु सहभागी थिए ।

चितवन राष्ट्रिय निकुञ्जमामात्रै ९३ ओटा बाघ छन् । चितवन, पर्सा वाल्मीकि क्षेत्रमा १५० ओटा बाघ रहेका जनाइएको छ ।