Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


एनसेलद्वारा २५८ विद्यार्थीलाई आंशिक छात्रवृत्ति प्रदान


0
Shares

काठमाडौं, साउन ३ । निजी क्षेत्रको दुरसन्चार सेवा प्रदायक कम्पनी एनसेलले २५८ विद्यार्थीलाई आंशिक छात्रवृत्ति प्रदान गरेको छ ।

एनसेलले आफ्नो ‘पहिलो सिम’ योजनाअन्तर्गत् २०७४ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी भइ उच्चशिक्षाको तयारीका लागि विभिन्न ६९ ओटा इन्स्टिच्यूटमा ‘ब्रिज कोर्ष’ गरिरहेका २५८ विद्यार्थीलाई आंशिक छात्रवृत्ति प्रदान गरेको हो ।

एनसेलले गत वर्षको चैतमा ‘पहिलो सिम’ योजना ल्याएको थियो ।

योजनाअन्तर्गत् ब्रिज कोर्ष कक्षा सन्चालन गरिरहेका विभिन्न ६९  इन्स्टिच्यूटमा अध्ययनरत् तीनदेखि ७ उत्कृष्ट विद्यार्थी गरी जम्मा २५८ उत्कृष्ट विद्यार्थीलाई ५००० रुपैयाँ राशीको आंशिक छात्रवृत्ति प्रदान गरेको जनाएको हो ।