
काठमाडौं । युरोपमा रोजगारीका लागि नेपाली कामदारले पोल्याण्डको बाटो प्रयोग गर्न थालेका छन् ।
नेदरल्याण्डस्थित ट्रेड युनियनले गरेको एक अध्ययनअनुसार युरोपका विभिन्न मुलुकमा प्रवेश गर्न नेपाली कामदारले पोल्याण्डलाई गेटवेका रुपमा प्रयोग गर्न थालेका हुन ।
अध्ययनअनुसार नेपाली कामदार पोल्याण्ड हुँदै युरोपका विभिन्न मुलुकहरु जर्मनी, फ्रान्स, पोर्चुगल, स्पेन, बेल्जियम, नेदरल्याण्डलगायतका मुलुकमा प्रवेश गरेको पाइएको छ ।
युरोपियन मुलुकहरुमा उच्च पारिश्रमिक पाउने भएकाले नेपाली कामदारहरुको आकर्षण बढ्न थालेको इक्विडिएम रिसर्च नेपालका तर्फबाट अध्ययनमा सहभागी रामेश्वर नेपालले बताए ।
अन्य युरोपेली मुलुकको तुलनामा पोल्याण्ड प्रवेश गर्न सहज भएपछि नेपालीहरुले पोल्याण्डलाई प्रवेशद्धारका रुपमा प्रयोग गरेको उनको दाबी छ ।
पोल्याण्ड जान नेपाली कामदारले साढे नौ लाख रुपैंयाँसम्म तिर्ने गरेको पनि युनियनको अध्ययनले देखाएको छ ।
कामदारहरुले २ लाखदेखि ५ लाख रुपैंयाँ अग्रिम भुक्तानी गर्ने गरेको समेत अध्ययनले देखाएको छ ।
नेपालमा पोल्याण्डको दूताबास नभएकाले भारतबाट भिसा लिएर पोल्याण्ड जानुपर्छ । नयाँ पत्रिका दैनिकबाट
प्रतिक्रिया दिनुहोस्