Logo ५ भाद्र २०८३, शुक्रबार | Fri Aug 21 2026


स्वास्थ्य क्षेत्रमा नेपालले गरेको विकास गौरव गर्न लायकः प्रधानमन्त्री


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य विज्ञानको क्षेत्रमा नेपालले गरेको विकास असाधारण भएको बताएका छन् ।

शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा नवनिर्मित आकस्मिक तथा बहिरंग सेवा भवनको आज उद्घाटन गर्दैै उनले स्वास्थ्य क्षेत्रमा नेपालले गरेको विकास गौरव गर्न लायक भएको बताएका हुन्

प्रधानमन्त्री ओलीले सरकार स्वास्थ्य क्षेत्रको थप विकासका लागि केन्द्रीत रहेको पनि बताए ।

कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक ज्योतिन्द्र शर्माले शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको सातै प्रदेशमा शाखा विस्तार गर्न आवश्यक रहेको बताए ।

५२ करोडको लागतमा निर्माण सम्पन्न आकस्मिक तथा बहिरंग सेवा भवन ३४ शैयाको छ ।