Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


काँग्रेस केन्द्रीय समिति बैठक पनि आजै बस्ने


0
Shares

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्ने भएको छ । पटक पटक विविध कारणले स्थगित भएको बैठक शुक्रबार बस्न लागेको हो ।

दिउँसो १ बजे सानेपामा समितिको बैठक बस्ने काँग्रेस केन्द्रीय कार्यालयलले जनाएको छ । बिहीबार बस्ने भनिएको बैठक संस्थापन र इतर समूहबीच सहमति नबन्दा शुक्रबारका लागि सारिएको थियो ।

क्रियाशील सदस्यता, गठन भएका विभागहरुको खारेजी, भ्रातृ तथा शुभेच्छुक संस्थाहरुले अधिवेशन नगरी महाधिवेशनमा प्रतिनिधित्व नपाउने, महाधिवेशनको सुनिश्चिततालगायत वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बुझाएको १६ बुँदे ध्यानाकर्षणपत्रको सम्बोधन भएपछि मात्रै केन्द्रीय समिति बस्ने पौडेल समुहको अडान छ ।

यसैकारण पटक पटक मिति तोकिएर पनि काँग्रेस केन्द्रीय समिति बस्न सकेको छैन् ।

यसअघि पदाधिकारी, पूर्वपदाधिकारी र केन्द्रीय सदस्यहरुसहित सातपटक सम्म बसेको बैठकले पौडेल समूहले उठाएको अधिकाश विषयहरु सम्बोधन गर्ने सैद्धान्तिक सहमति गरेको थियो ।

बैठकले महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्कालाई सहमतिको प्रस्ताव तयार पार्ने जिम्मेवारी दिएको थियो ।