Logo १३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026


गृहमन्त्री थापालाई प्रदीप गिरिको प्रश्न ‘खै कहाँ बदलियो राज्य संस्था ?’


0
Shares

काठमाडौं, साउन ८ । नेपाली कांग्रेसका नेता प्रदीप गिरिले अनुहारको फेरबदलले राज्य संस्था नबदलिने बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा सांसद गिरिले गृहमन्त्री रामबहादुर थापालाई जनयुद्धले राज्य संस्थालाई बदल्न सक्यो भन्दै प्रश्न गरे, ‘जुन कारणले नेपालमा जनयुद्ध शुरू भएको थियो के त्यसले राज्य संस्थालाई बदल्यो ?’

अहिले शासनमा अनुहार मात्रै फेरिएको भन्दै गिरिले ‘अहिले त शासनका अनुहार मात्रै फेरिए । सभामुख, प्रधानमन्त्री, गृहमन्त्री र मन्त्रीका रूपमा ।’ माओवादी युद्धबाट आएका गृहमन्त्री थापालाई इग्गित गर्दै भने, ‘जनयुद्धले फेर्न खोजेको त्यो राज्य संस्था परिवर्तन नहुञ्जेल केही हुँदैन।’

‘नेपालमा जुन कारणले दीर्घकालीन जनयुद्ध भएको थियो के त्यो जनयुद्धले नेपालको राज्य संस्थालाई बदलेको छ ?,’ गिरिले भने, ‘राज्य संस्थाको रुपान्तरणको कुरा छाड्नुस्, हस्तान्तरणसमेत भएको छैन।’