१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


मलेसियामा श्रमिक लैजाने अनिश्चित, झन्डै ३५ हजार नेपाली अलपत्र


0
Shares

काठमाडौं । नेपालीको श्रम गन्तब्य मलेसियामा कोभिड–१९ महामारी पुनः फैलिन थालेपछि नयाँ श्रमिक लैजाने योजना अनिश्चित बनेको छ ।

कोभिड १९ को महामारी नियन्त्रणमा आएको भन्दै मलेसियामा जनवरीदेखि नयाँ श्रमिक लैजाने योजना बनाइएको थियो ।

‘नयाँ श्रमिक ल्याउन मागपत्र प्रमाणीत गर्ने सोचमा थियौं । यहाँ फेरि संक्रमण फैलिन थाल्यो । अब नयाँ श्रमिक ल्याउने अवस्था छैन ।

संभवतः भ्याक्सिन नआएसम्म नयाँ श्रमिक आउन सक्दैनन्’, मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले भने ।

मलेसियाले जुन पहिलो सातादेखि सेप्टेम्बर पहिलो सातासम्म कोभिडलाई नियन्त्रणमा राखेको थियो ।

बैदेशिक रोजगार विभागका अनुसार गत असोजमा १ सय ३ जनाले पुनः श्रमस्वीकृति लिएका थिए ।
नेपाल बैदेशिक रोजगार व्यवसायी संघका अनुसार पूर्व र अन्तिम स्वीकृति लिइसकेका झन्डै ३५ हजार नेपाली श्रमिक मलेसियाका लागि प्रतिक्षारत छन् । -कान्तिपुर दैनिकबाट