Logo १० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026


नवदुर्गाको प्रसाद शीतल निवास पठाइने


0
Shares

भादगाउँ, कात्तिक १४ । राष्ट्रपति विद्यादेवी भण्डारी बडादशैंको कोजाग्रत पूर्णिमाका दिन नवदुर्गा देवगणको दर्शन र प्रसाद ग्रहणका लागि यस वर्ष भक्तपुर नआउने भएपछि नवदुर्गाको प्रसाद राष्ट्रपति निवासमा पठाउने तयारी भएको छ ।

कोरोना भाइरसरको महामारीका कारण राष्ट्रपति भक्तपुर नआउने भएपछि देवगणले आउँदो मङ्गलवार नवदुर्गालाई विः ट्ङकेगु (महानवमीको मध्यराति वध गरिएको महिषासुरको प्रतिक खःमेय्को संकलित रक्तिसेवन) विधि सकाएर शीतल निवासमा प्रसाद दिन जाने तयारी गरिएको नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन समितिका सचिव रत्नमान बनमालाले जानकारी दिनुभयो ।

उहाँले राष्ट्रपतिलाई प्रसादका रुपमा बिमिरो, पञ्चरङ्गी धागो, फूलमालालगायत प्रसाद दिने तयारी भएको बताउनुभयो ।

वि.सं. २०४५ पछि पहिलोपटक कोजाग्रत पूर्णिमामा राष्ट्रप्रमुख नवदुर्गा देवगणको दर्शन र प्रसाद ग्रहणका लागि भक्तपुर नआउने हुनुभएको हो ।

उक्त दिन राष्ट्रप्रमुख भक्तपुर गँछेंस्थित नवदुर्गा द्यछें पुगेर नवदुर्गा भवानीको दर्शन तथा प्रसाद ग्रहण गर्ने प्रचलन तत्कालीन राजा वीरेन्द्रले शुरु गर्नुभएको थियो ।