Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


माछापुच्छे बैंकको एटिएम तोडफोड गर्न खोज्ने पक्राउ


0
Shares

दमौली, कात्तिक १३ । तनहुँको दमौलीस्थित माछापुच्छे बैंकको एटिएम मेशिन तोडफोड गर्न खोज्ने एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्सा सुगौली गाउँपालिका–२ घर बताउने १९ वर्षीय किरण बानियाँ छन् ।

व्यास नगरपालिका–४ ट्राफिक चोकस्थित राजमार्ग सडक किनारामा रहेको बैङ्कको एटिएम मेशिन तोडफोड गरी पैसा लुट्ने योजनाका साथ एटिएमका पिन स्क्रुपको सहायताले खोल्दै गरेका अवस्थामा बानियाँलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

प्रहरीले निजका साथबाट १३५ थान नाइट्राजेपाम लागुऔषधसमेत बरामद गरेको छ ।

अभियुक्तविरुद्ध बिहीबार तनहुँ जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप गरिएको छ ।