२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


उपत्यकामा २५२ सहित ५७० जनामा कोरोना संक्रमण


0
Shares

काठमाडौं, कात्तिक ११ । पछिल्लो २४ घण्टामा ५७० जनामा कोरोना संक्रमण पुष्टि ।

पछिल्लो २४ घण्टामा २७२५ को पिसिआर परीक्षण परिक्षण गर्दा ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७२५ जनाको पीसीआर परीक्षण गर्दा महिला २११ र पुरुष ३५९ गरी ५७० जनामा संक्रमण पुष्टि भएको हो ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३१६८ जना डिस्चार्ज भएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु र्भएको छ ।

योसँगै कूल मृत्यु हुने संख्या ८७६ पुगेको मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा २४ घण्टामा २५२ जना संक्रमित थपिए ।

काठमाडौंमा २२५, ललितपुरमा २३ भक्तपुरमा ४ जना संक्रमित थपिएका छन् ।