१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


सुविधासम्पन्न प्रसूतिगृह


0
Shares

प्रज्ञा तिमल्सिना र राजेन्द्र नापित (इमेज)

काठमाडौं, साउन २ । जापान सरकारको सहयोगमा पुनःनिर्माण भएको काठमाडौंको थापाथलीस्थित प्रसूतिगृह तथा स्त्रीरोग अस्पताललाई सुविधासम्पन बनाइएको छ ।

२०७२ सालको विनाशकारी ‘गोरखा भूकम्प’का कारण क्षति भएको अस्पतालको भवन पुनःनिर्माण गरिएसँगै सुविधासम्पन्नसमेत बनाइएको हो ।

जापान सरकारको एक अर्ब ३० करोड रुपैयाँको लगानीमा पुनःनिर्माण गरिएको प्रसूतिगृह तथा स्त्रीरोग अस्पतालमा सबै सेवा एउटै भवनबाट दिने व्यवस्था गरिएको छ ।

आकस्मिक कक्ष, आकस्मिक शल्यक्रिया कक्ष, बर्थिङ सेन्टर, एनआइसीयु कक्षलगायतका सेवा एउटै भवनबाट दिन सकिने गरी पुनःनिर्माण गरिएको हो । यसअघि, यी सेवा फरक–फरक भवनबाट दिने गरिएको थियो ।

अस्पतालका निर्देशक डा. जागेश्वर गौतमले आकस्मिक कक्षनजिकै तीनओटा आकस्मिक शल्यक्रिया कक्ष, बर्थिङ सेन्टर, पोस्ट अपेरेटिभवार्डलगायतका सेवासँगै राखिएका कारण सहज हुने बताए ।

अस्पतालको नयाँ भवनमा राखिएका १८२ सहित हाल अस्पतालमा ४१५ शय्या छन् ।

यस्तै, शिशु जन्मिनेबित्तिकै राखिने एनआइसीयु कक्ष पनि २० बाट बढाएर ४० पुर्‍याइएको छ भने आकस्मिक कक्षमा पनि २४ ओटा शय्या राखिएको छ । यस्तै, नर्सको निगरानीमा हुने बर्थिङ सेन्टर पनि बढाइएको छ ।

भिडियो हेर्नुहोस्