
बारा । त्रिभुवन राजपथ र महेन्द्र राजमार्गको संगम बाराको पथलैया दशैंमा पनि सुनसान छ ।
राजमार्ग भएर यात्रा गर्ने यात्रुले खाजा र खाना खाने तथा विश्राम गर्ने ठाउँले परिचित स्थल यस पटकको दशैंमा सुनसान भएको हो ।
होटल रेस्टुराँ खुले पनि ग्राहक छैनन् । दसैमा सार्वजनिक यातायातबाट यात्रुहरु आउजाउ नहुँदा पथैलैलाको व्यापार यो बर्ष सुस्ताएको हो ।
वीरगञ्ज, बारा, पर्सा, रौतहटबाट राजधानी भित्रिने र बाहिरिने नाकाको रुपमा परिचित बाराको पथलैयाका होटल रेस्टुराँ पूर्ववत् अवस्थामा फर्कने आशामा जोखिम मोलेरै खुलेका छन ।
कोरोना महामारी मत्थर नभएसम्म र निजी तथा सार्वजनिक गाडी निर्बाध नचलेसम्म राजमार्गका होटल रेस्टुराँ संचालनमा आउन नसक्ने होटल पर्यटन व्यावसायी संघका अध्यक्ष मोहन शर्माले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्