२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


नाईजेरिया अफ्रिका कप अप नेसन्स फुटबलमा तेस्रो, ट्युनिसिया पराजित


0
Shares

काठमाडौं । ट्युनिसियालाई हराउँदै नाईजेरिया अफ्रिका कप अप नेसन्स फुटबल प्रतियोगितामा तेस्रो भएको छ । ईजिप्टमा गएराति भएको खेलमा नाईजेरियाले ट्युनिसियालाई १–० ले हरायो ।

नाईजेरियाका लागि चिनियाँ फुटबल क्लब साङ्घाई ग्रिनल्याण्डका स्ट्राईकर ओडियोन ईघालोले तेस्रो मिनेटमै गरेको गोल निर्णायक बन्यो ।

प्रतियोगिताको सर्वाधिक गोलकर्ता ईघालोको यो पाँचौ गोल हो । सेमिफाइनलमा पराजित दुई टिम नाईजेरिया र ट्युनिसिया तेस्रो स्थानका लागि भिडेका थिए ।

तीन पटकको अफ्रिकी च्याम्पियन नाईजेरिया गएरातीको जितपछि आठौं पटक प्रतियोगितामा तेस्रो स्थान हात पार्न सफल भएको छ ।

प्रतियोगिताको फाइनल खेल शुक्रबार हुनेछ । उपाधिका लागि सेनेगल र अल्ज्ेरिया भिड्नेछन् ।

सन् १९९० को विजेता अल्जेरियालाई स्तब्ध बनाउँदै पहिलो पटक उपाधि जित्ने सेनेगलको अभियान छ ।

यो खेललाई सेनेगलका लागि लिभरपुलका खेलाडी सादियो माने र अल्जेरियका लागि म्यान्चेस्टर सिटीका खेलाडी रियाद माहारेजबीचको भिडन्तका रुपमा हेरिएको छ ।