२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सुनिल र एलिनाको छमछमी नचाउने मसला, भट्टीमा आउने ग्राहकको कथा(भिडियो)


0
Shares

काठमाडौं । लोकप्रिय लोकपप गायक सुनिल गिरीको नयाँ गीत मसला सार्वजनिक भएको छ ।

सुनिल र एलिना चौहानको स्वरमा सजिएको गीतमा पछिल्लो समय चर्चित डान्सर सुधिर श्रेष्ठ, नायिका जेबिका कार्की र हाँस्यकलाकार बुद्धि तामाङको सशक्त अभिनय रहेको छ ।

सुनिलले दशैँको अवसरमा बजारमा ल्याएको मसलामा नयाँ कलाकार विशाल रेग्मीको पनि अभिनय देख्न सकिन्छ ।

नयाँ अनुहारलाई मात्रै आफ्नो गीतमा स्थान दिने गायक गिरीले यसपटक भने चर्चित अनुहारलाई समावेश गरेर आफैंले निर्देशन गरेका छन् ।

प्रेम रोमान्स र यौन मनोवैज्ञानिक विषयलाई कलात्मक तरिकाले प्रस्तुत गरिएको गीतमा भट्टीमा आउने ग्राहकहरु जिस्किंदै गर्ने ब्यबहरालाई देखाइएको छ ।

गायक स्वयमकै शब्द, संगीत र एरेन्ज रहेको गीतको भिडियो सुनिलकै कन्सेप्टमा तयार भएको हो । सार्वजनिक गीतको कोरियोग्राफी सुरेन्द्र बसेलले गरेका हुन् ।

विकास दाहालको कलर र सम्पादन रहेको भिडियोको छायांकन चर्चित छायांकार हरि हुमागाईले गरेका हुन् ।
भिडियो