२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


पछिल्लो २४ घण्टामा ४४९९ जनामा कोरोना संक्रमण, २६६८ जना डिस्चार्ज, १७ जनाको मृत्यु


0
Shares

काठमाडौं, कात्तिक ७ । पछिल्लो २४ घन्टामा नेपालमा थप ४ हजार ४ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१६ हजार ८ सय ६३ पीसीआर परीक्षण गरिएको थियो ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार शुक्रबार नयाँ थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या हालसम्म ४६ हजार ६ सय ९१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ६ सय ६८ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

योसँगै संक्रमण मुक्त हुनेको संख्या १ लाख ५४ हजार ८८ पुगेको छ ।

यो कुल संक्रमितको ६८.९ प्रतिशत हो ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय २९ पुगेको छ ।

यो कुल संक्रमितको शून्य दशमलब ५४ प्रतिशत हो ।