२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ६९ पुग्यो, ३१ बेपत्ता


0
Shares

काठमाडौं । देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ६९ पुगेको छ ।

गृह मन्त्रालयको पछिल्लो विज्ञप्ति अनुसार विपद्का कारण ३१ जिल्ला बढी प्रभावित भएका छन् ।

विपद्बाट सिर्जित समस्याले हालसम्म ६९ जनाले ज्यान गुमाउँदा ३१ जना बेपत्ता छन् ।

यसैगरी ३८ जना घाइते भएका छन् भने १६ हजार ५ सय २० घरपरिवार अस्थायी रुपमा विस्थापित भएका छन् ।

हालसम्म हवाई, जल तथा स्थलमार्गको माध्यमबाट ३ हजार ३ सय ६६ जनालाई उद्धार गरिएको छ ।

उद्घार तथा राहतको कामलाई प्रभावकारी बनाउन बनाउन संघ, प्रदेश र स्थानीय तहका निकाय क्रियाशील रहेको गृह मन्त्रालयले जनाएको छ ।