Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


नोभाक जोकोभिचले लगातार दोस्रो वर्ष विम्बल्डन टेनिसको उपाधि जिते


0
Shares

काठमाडौं । विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचले लगातार दोस्रो वर्ष विम्बल्डन टेनिसको उपाधि जितेका छन् ।

लण्डनमा गएराति भएको फाइनलमा रोजर फेडेररलाई ऐतिहासिक टाईब्रेकमा पराजित गर्दै जोकोभिच च्याम्पियन बनेका हुन् ।

विम्बल्डनको इतिहासकै सर्वाधिक लामो फाइनल खेलमा जोकोभिचले फेडेररलाई ७–६, १–६, ७–६, ४–६ र १३–१२ को सेटमा पराजित गरे ।

उपाधि जित्न जोकोभिचले ४ घण्टा ५७ मिनेट कोर्टमा खर्चिएका थिए । यो विम्बल्डन इतिहासकै सर्वाधिक लामो फाइनल खेल हो ।

अन्तिम सेटमा ८–७ ले अगाडि रहेको अवस्थामा फेडेररले दोहोरो च्याम्पियनसिप प्वाईन्ट जोगाउन नसक्दा खेल गुमाउन पुगे ।

जितसँगै जोकोभिचले करियरको १६ औं ग्राण्डस्लाम उपाधि जित्दा २१ उपाधि जित्ने फेडेररको सपना अधुरै रह्यो ।

जोकोभिच सर्वाधिक ग्राण्डस्लाम उपाधि जित्ने खेलाडीको सूचीमा तेस्रो नम्बरमा छन् ।

फेडेररले २० र रफायल नदालले १८ पटक ग्राण्डस्लाम उपाधि जितेका छन् । जोकोभिचका लागि यो पाँचौ विम्बल्डन उपाधि हो ।

उनले समग्रमा पछिल्ला ५ मध्ये चारवटा ग्राण्डस्लाम जितेका छन् ।