
कैलाली, असार २९ । डडेल्धुरा अस्पतालका चिकित्सकहरु अस्पतालमा पटक–पटक आफूहरुमाथि आक्रमण हुन थालेको भन्दै काम छोडेर धनगढी पुगेका छन् ।
धनगढीमा पत्रकार सम्मेलन गर्दै उनीहरुले जिल्लामा काम गर्ने वातावरण नभएको बताए । ४ दिन बितिसक्दा पनि चिकित्सकलाई दुर्ब्यवहार गर्नेमाथि कारबाही नभएको उनीहरुको गुनासो छ ।
आक्रमणकारीलाई कारवाही नहुञ्जेल नियमित काममा नफर्कने अडान उनीहरुले राखेका छन् ।
यही असार २५ गते डडेल्धुरा अस्पतालमा शव पोस्टमार्टमको विषयलाई लिएर चिकित्समाथि आक्रमण भएको थियो ।
प्रतिक्रिया दिनुहोस्