Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


विश्वकप उपाधिका लागि इंग्ल्याण्डसामु २४२ रनको लक्ष्य


0
Shares

लन्डन, असार २९ । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको विश्वकप क्रिकेटको उपाधिका लागि न्यूजिल्याण्डले आयोजक राष्ट्र इंग्ल्याण्ड सामु २४२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

लण्डनस्थित लर्ड्स मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २४१ रन बनाएको हो । न्यूजिल्याण्डका लागि हेनरी निकोल्सले ५५, टम लथामले ४७ तथा कप्तान केन विलियमसनले ३० रन बनाए । इंग्ल्याण्डका लागि लियाम प्लंकेट र क्रिस वोक्सले समान ३/३ विकेट लिए । 

दुवै टोलीले अहिलेसम्म एक दिवसीय विश्वकपमा उपाधि जित्न सकेका छैनन् । उपाधि जित्ने टोली विश्वकपको नयाँ च्याम्पियन बन्नेछ ।