२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


अस्पतालमा सर्पदंशका बिरामीको घुइँचो


0
Shares

सञ्जय कार्की

रौतहट, असार २८ । अविरल बर्षाका कारण डुबानको समस्यासँगै रौतहटमा सर्प, बिच्छी, खजुरोजस्ता विशालु जीवको टोकाईबाट पीडित हुनेको संख्या बढ्दै गएको छ ।

बर्षाले गर्दा जमिन मुनी रहेका सर्प तथा अन्य विषालु जीव जमिनमाथि निस्कन थालेका छन् । खेतमा रोपाई गर्न र सडकमा पैदल हिडेको अवस्थामा समेत सर्पको टोकाईबाट पीडित हुनेको संख्या बढ्दै गएको छ ।

चन्द्रनिगाहपुर अस्पतालमा शनिबार सर्पदंशका बिरामी १४ जनाभन्दा बढी उपचारका लागि आएको बताइएको छ । 

गौर अस्पतालमा समेत सोही अनुपातमा सर्पदंशका बिरामीको उपचार भएको जनाइएको छ ।