
काठमाडौं, असार २५ । नेपाल राष्ट्र बैंकले पहिलोपटक पूर्व गभर्नरहरुसँग मौद्रिक नीतिका विषयमा छलफल गर्ने भएको छ ।
राष्ट्र बैंकले सबै पूर्वगभर्नरहरुलाई बिहीबार छलफलका लागि बोलाएको छ ।
यसअघि, पूर्वगभर्नरहरुसँग सुझाव लिने चलन नभएपनि यसपटक उनीहरुको धारणा बुझ्न राष्ट्र बैंक लागेको हो ।
राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले पूर्वगभर्नरहरुसँग आन्तरिक छलफल गर्न लागेको बताए ।
छलफलमा मौद्रिक नीतिसहित समसामयिक अर्थतन्त्रका विषयमा छलफल हुने उनले जानकारी दिए ।
गभर्नर डा. चिरञ्जीवी नेपालले ‘बिग मर्जर’का विषयमा पूर्वगभर्नरहरुको धारणा बुझ्न छलफल गर्न लागेका हुन् ।
केन्द्रीय बैंक आगामी मौद्रिक नीतिमार्फत् बिग मर्जर गराउने योजनामा छ । यही विषयमा पूर्वगभर्नहरुसँगको छलफलकेन्द्रित हुने स्रोतको भनाइ छ ।
केही पूर्वगभर्नरहरुले बाध्यताकारी मर्जरमा जान नहुने सुझाव सार्वजनिकरुपमा दिँदै आएका छन् ।
बैंकर्स संघका अध्यक्षले पनि मर्ज ‘फोर्सफुल’भन्दा प्रोत्साहमूलक हुनुपर्ने बताउँदै आएका छन् ।
गभर्नर नेपालले पनि मर्जरलाई प्रोत्साहित गर्न सुविधा दिने बताउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्