
काठमाडौं, असार २५ । नेपालमा अलैंची र अल्लोको उत्पादन र यसको मूल्य अभिवृद्धिमा महिला लघुघरेलु उद्यमीहरुको भूमिका महत्वपूर्ण रहेको विश्व बैंकले जनाएको छ ।
विश्व बैंकले ताप्लेजुङ जिल्लामा गरेको अध्ययन प्रतिवेदन बुधबार सार्वजनिक गर्दै अलैंची र अल्लो उत्पादनले यस क्षेत्रका महिलाको आर्थिक जीविकोपार्जनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएकोे जनाएको छ ।
प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा महिला उद्यमशीलतामार्फत् अलैंची र अल्लोको थप बजार प्रवर्द्धन गर्नसकिनेमा सरोकारवालाहरुले जोड दिए ।
महिला उद्यमीमार्फत् अलैंचीको बजार प्रवर्द्धन गर्नसकिए महिलाहरुको पनि आर्थिक जीवनस्तर उकास्न मद्दत पुग्ने र निर्यातमासमेत सहयोग पुर्याउने उनीहरुले विश्वास व्यक्त गरे ।
नेपालका ४६ ओटा जिल्लामा अलैंचीको ठूलो खेती हुँदै आएको छ । यसमध्ये पनि ९५ प्रतिशत व्यक्तिगत फर्ममार्फत् उत्पादन हुँदै आएको छ ।
नेपालले कुल उत्पादनको ९८ प्रतिशत अलैंची भारततर्फ निर्यात गर्दै आएको र भारत हुँदै विश्वबजारमा पुग्ने गरेको विश्व बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्