
-डम्मर बुढा मगर/ईमेज
बाग्लुङ । बागलुङका ग्रामीण क्षेत्रका स्वास्थ्य चौकीहरु सुधारोन्मुख देखिएका छन् ।
जिल्लाको सबैभन्दा दुर्गम क्षेत्र मानिने निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाअन्र्तगतका स्वास्थ्य चौकीहरु स्थानीय सरकार आएपछि सुधार हुन थालेका हुन् ।
कुनै समय सामान्य औषधिको समेत उपलब्धता नहुने बागलुङका विकट क्षेत्रका गाउँहरुमा अहिले भने उपचारको स्तर बढ्न थालेको छ ।
गाउँगाउँमा स्थानीय सरकार गठन भएपछि निसीखोला र तमानखोला गाउँपालिकाका विभिन्न स्थानमा बर्थिङ सेन्टरहरुसमेत स्थापना भएका छन् ।
यससँगै बर्थिङ सेन्टरको उपलब्धता नहुँदा ३/४ घन्टा लगाएर बुर्तिबाङ बजार नै पुर्याउनुपर्ने बाध्यता टरेको छ ।
समग्र तमानखोला गाउँपालिकालाई ‘शून्य होम डेलिभरी’ गराउने अभियानमा लागेको वोङ्गादोभान स्वास्थ्य स्वास्थ्य चौकीका अहेव राजनकुमार थापाको भनाइ छ
निसीखोलाको बोहरागाउँ स्वास्थ्य चौकीमा पनि विगतको तुलनामा धेरै सुधार भएको छ ।
स्वास्थ्य चौकीको भौतिक सुधारसँगै सेवासुविधाको विस्तार गरिएकाले बिरामीको चाप बढ्दै गएको छ ।
घरमै डेलिभरी गराउने महिलाहरुको संख्या घटेको र स्वास्थ्यचौकीमा आउनेको संख्या बढिरहेको छ ।
स्वास्थ्य संस्थामा सुधार आएसँगै बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्न सहज भएको साथै बिरामीको चाप बढ्दा कहिलेकाँही औषधीको अभाव हुने बोहरागाउँ स्वास्थ्य चौकीका निमित्त प्रमुख कसिन्द्र शाही बताउँछन् ।
तमानखोलामा बोङ्गादोभान स्वास्थ्य चौकी, खुङ्खानी स्वास्थ्य चौकी र तमान स्वास्थ्य चौकी गरी ३ वटा बर्थिङ सेन्टर रहेका छन् ।
त्यस्तै निसीखोला गाउपालिकामा बोहरागाउँ स्वास्थ्य चौकी, देविस्थान स्वास्थ्य चौकी, निसी स्वास्थ्य चौकी र राजकुट स्वास्थ्य चौकीमा गरी ४ वटा बर्थिङ सेन्टर रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्