
काठमाडौं, असार २३ । सोमबार पनि सेयरबजार ओरालो लाग्नेक्रम थामिएन ।
यसदिन पनि बजार परिसूचक नेप्से ९ अंकले झरेर १२ सय ४७ मा आएर थामियो ।
कारोबार भएका अधिकांश समूह ओरालो लागे । जलविद्युत् र सामूहिक लगानी कोष नगन्य अंकलेमात्र हरियो रहेबाहेक अरु सबै समूह ओरालो लागेका हुन् ।
जीवनबिमा समूह सबैभन्दा उच्च ६४ अनि निर्जीवन बिमा समूह पनि ६३ अंकले ओरालो लागे । अरु समूह सामान्य अंकले ऋणात्मक रहे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १७१ कम्पनीका २९ लाख १० हजार कित्ता सेयर ५९ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्