Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


भारतीय पर्यटकलाई पोखरा घुम्न निम्तो


0
Shares

प्रदीप पौडेल

पटना, असार २२ । पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा भारतमा संचालित ‘चलिए पोखरा’ अभियानको आठौं संस्करण सम्पन्न भएको छ ।

असार १६ गतेदेखि उत्तर भारतका विभिन्न चार शहरमा नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा ‘चलिए पोखरा’ अभियान संचालन भएको हो । अभियानका क्रममा नेपाली भन्सारमा भारतीय पर्यटकले पूरा गर्नुपर्ने प्रक्रियालाई अनलाइन गर्न सके समयको बचत भई पर्यटकलाई झण्झट नहुने भनाइ भारतीय पक्षबाट आएको छ ।

संघका अध्यक्ष विकल तुलाचनले राम र सीता सम्बन्धको प्रसंग तथा बुद्धले ज्ञान प्राप्त गरेको बोधगयाको विषयमा नेपाल र भारत समान रुपले जोडिने भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक बर्ष अघि मुक्तिनाथको दर्शन गरेपछि पोखरामा भारतीय पर्यटक बढ्न पुगेको जानकारी गराए ।

भारतीय पर्यटकलाई पोखरा घुम्न निम्तो दिने तथा उनीहरुका लागि पोखरा उचित गन्तव्य हो भन्ने सन्देश प्रदान गर्ने उद्देश्य अभियानले बोेकेको संघको सल्लाहकार परिषद्का संयोजक एवं पूर्व अध्यक्ष हरिप्रसाद शर्मा गैरेले बताए ।