१३ श्रावण २०८२, मंगलबार | Wed Jul 30 2025


गुणस्तरहीन काम गर्नेलाई कारवाही हुन्छ: मन्त्री राई


0
Shares

नेपालगञ्ज । शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले पूर्वाधार संरचना निर्माणमा गुणस्तरहीन काम गर्ने जो कोहीलाई पनि कारवाही गरिने बताएका छन् ।

शहरी विकास तथा भवन निर्माण कार्यालयले आज नेपालगञ्जमा आयोजना  गरेको अन्तक्र्रियामा उनले भौतिक पूर्वाधार निर्माणका क्रममा वातावरण विनाश हुन नदिन सरकार सचेत छ भने ।

“नेपालगञ्जमा सडक तथा नाला निर्माणका क्रममा जसबाट गल्ती भएको छ, त्यो सच्याउने जिम्मा पनि उसैले लिनुपर्छ” मन्त्री राईको भनाइ थियोे ।

मन्त्रालयले नेपालगञ्जमा १० हजार रुखका बिरुवा रोप्ने तयारी भइरहेकाले यसका लागि नेपालगञ्ज उपमहानगरपालिकासँग सहकार्य गरिने छ,उनले भने ।

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधि, पत्रकार, राजनीतिक दलका पदाधिकारी, निर्माण व्यवसायी तथा सरोकारवाला पक्षको सहभागिता थियो । रासस