Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


सही कामकोसमेत गलत प्रचार गर्न गिरोह नै सक्रिय : मुख्यमन्त्री भट्ट


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, असार २१ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सरकारले गरेका सही कामकोसमेत गलत प्रचार गर्न गिरोह नै सक्रिय भएको आरोप लगाएका छन् ।

शनिबार कैलालीको धनगढीमा नागरिक समाजसँगको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री भट्टले विकास नचाहने समूह सरकारले गरेको राम्रो कामको पनि गलत व्याख्या गर्न सक्रिय रहेको आरोप लगाए ।

दलीय स्वार्थमा नपरी सहीलाई सही र गलतलाई गलत भन्ने आँट सबैले गर्नुपर्ने उनको भनाइ थियो ।

सरकारले गलत गरेको भए त्यसलाई सुझावकारुपमा सच्याउने मौका दिनुभन्दा पनि भ्रमित गर्ने किसिमका टीका–टीप्पणीले अन्तर्राष्ट्रियस्तरमासमेत गलत सन्देश जानसक्ने उनले उल्लेख गरे ।

उनले भ्रष्टाचार नियन्त्रणका लागि नेतादेखि कर्मचारीहरुको सम्पत्ति छानबिन गर्नुपर्ने पनि बताए