२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


रुसमा रहेको पनडुब्बीमा आगलागी हुँदा १४ जनाको मृत्यु


0
Shares

काठमाडौं । रुसको एक सैन्य शिविरमा रहेको पनडुब्बीमा आगलागी हुँदा कम्तिमा १४ जना सैनिकको मृत्यु भएको छ ।

सेवेरोमोस्र्क शहर नजिकैको सैनिक शिविरमा रहेको पनडुब्वीमा आगलागी भएको हो ।

रुसी रक्षा मन्त्रालयले पनडुब्बीमा भएको आगलागीका कारण यसमा कार्यरत कर्मचारीको मृत्यु भएको जनाएको छ ।

जहाजमा आगलागी भएपछि निस्किएको धुँवाको मुस्लोमा निसास्सिएर उनीहरुको मृत्यु भएको हो । घटनाबारे अनुसन्धान सुरु गरिएको अधिकारीहरुले बताएका छन् ।(एजेन्सी)