Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


त्रिवि शिक्षण अस्पतालमा दन्त विभागको विस्तार


0
Shares

काठमाडौं, असार १६ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जले दन्त विभागलाई विस्तार गर्दै उच्चस्तरीय उपकरणसहितको सेवा सुरु गरेको छ ।

छुट्टै भवनमार्फत् दन्तसेवा दिन थालिएको हो ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. तीर्थ खनियाँले सोमबार उक्त भवनको उद्घाटन गरे ।

शिक्षण अस्पतालमा गएको मंसिरदेखि दन्त चिकित्सासम्बन्धी (बीडीएस) सम्मको पठनपाठन सुरु गरिएकोमा विद्यार्थीहरुका लागि लक्षित गरेर दन्त विभाग नै स्थापना गरिएको हो ।

उपकुलपति खनियाँले चिकित्साशास्त्र अध्ययन संस्थानले ढिलै भएपनि दन्त चिकित्सासम्बन्धी पठनपाठन सुरु गरेको बताए ।

कार्यक्रममा चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का डीन डा. जगदीश अग्रवालले लामो प्रयासपछि दन्त चिकित्साको पढाइ सुरु गर्न सफल भएको बताए ।