Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


डा.केसीलाई अपहरण शैलीमा नियन्त्रणमा लिएको घटनाप्रति कांग्रेस नेता डा. शेखरको आपत्ति


13
Shares

सत्याग्रहमा बसेका डा. गोविन्द केसीलाई प्रहरीले अभद्र व्यवहार गरेको भन्दै कांग्रेसका नेता डा. शेखर कोइरालाले आपत्ति जनाउनुभएको छ ।

‌मंगलबार कोइरालाले सामाजिक संजाल मार्फत सत्याग्रहमा बसेका डा.केसीलाई प्रहरी प्रशासनले अभद्र व्यवहार गर्दै अपहरण शैलीमा नियन्त्रणमा लिएको घटना अत्यन्तै आपत्तिजनक र निन्दनीय भएको बताउनुभएको छ ।

कोइरालाले नागरिकले शान्तिपुर्ण रुपमा आफ्ना कुरा राख्न पाउने संवैधानिक हकको हनन गरेको भन्दै राज्यले निर्लज्जता र बर्बरतापूर्ण काम तुरुन्त बन्द गर्नुपर्ने माग गर्नुभएको छ ।