Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


अकबरे खुर्सानी नियमित सेवन गर्दा स्वास्थ्यलाई हुने फाइदा


13
Shares

काठमाडौं । सामान्यतयाः नेपाली भन्सामा खुर्सानी व्यापक प्रयोग हुन्छ। खुर्सानीका जात पनि दर्जनौं हुन्छन्। जसमध्ये डल्ले वा अकबरे खुर्सानी प्रभावकारी मानिन्छ ।

नेपालबाट अकबरे खुर्सानीको अचारजन्य परिकार बनाएर अमेरिका तथा युरोपका विभिन्न मुलुक, अस्ट्रेलिया र मलेसिया लगायतका देशहरुमा निर्यात हुँदै आएको छ।

साथै यो खुर्सानी ग्याँस्ट्रिक तथा चिसो लागेका मानिसको लागि औषधिको रुपमा पनि प्रयोग हुँदै आएको पाइन्छ।

अकबरे खुर्सानी नियमित सेवन गर्दा स्वास्थ्यलाई हुने फाइदाका बारेमा स्वास्थ्यखबरका आरबी बुढाथोकीले सामाग्री तयार गरेका छन् ।

-खाना पचाउने काममा विशेष सहयोग पुर्‍याएको हुन्छ।

-माइग्रेनको समस्या समाधानका लागि पनि यो खुर्सानी अति उत्तम मानिन्छ।

-नियमित यो खुर्सानी सेवन गर्नाले केही हदसम्म क्यान्सर लाग्नबाट जोगिन सकिन्छ।

-कोल्ड फ्लुबाट बचाउन पनि धेरै हदसम्म मद्दत पुर्‍याउँछ।

-हाड जोर्नीमा हुने दुखाइ कम गराउन पनि यो खुर्सानी नियमित खान सकिन्छ।

-कार्डियोभास्कुलर र हार्टको समस्या हुनबाट जोगाउनमा पनि अकबरे निकै फाइदाजनक सावित छ।
-डाइबिटिज हुनबाट जोगाउन विशेष भूमिका खेलेको हुन्छ।

-शरीरमा रेड ब्लड सेल बढाउन विशेष मद्दत पुर्‍याउँछ।

-रगतमा चिनीको मात्रा घटाउन मद्दत पुर्‍याउँछ र सुगर रोगबाट बचाउन मद्दत गर्छ।

-ग्याँस्ट्रिक तथा अल्सर रोग निदान हुन मद्दत गर्छ।

-पिसाब सम्बन्धी समस्या कम गराउन सहयोग पुर्‍याउँछ।

-अकबरे हालेर पकाएको खाना किटाणु रहित हुने हुँदा कुनै पनि तरकारीमा थोरै भए पनि यो खुर्सानी हाल्नु राम्रो मानिन्छ।

-थकाइपन घटाएर शरीर चङ्गा बनाउन विशेष भूमिका खेलेको हुन्छ तसर्थ अल्छी लागेका बेला

-अकबरे खुर्सानी र नुन पिनेर कुनै पनि चिजसँग खान सकिन्छ।

-यो खुर्सानीमा क्याप्सिसिन पाइन्छ जसका कारण पेट सम्बन्धी मात्र होइन, अन्य रोगीलाई समेत फाइदा पुर्‍याउँछ।

-एलर्जी हुनबाट जोगाउन धेरै हदसम्म मद्द गर्छ।