२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


इथियोपियामा सत्ता ‘कु’ को खतरा, २ सय ५० जनाभन्दा बढी गिरफ्तार


0
Shares

काठमाडौं । इथियोपियामा सत्ता कू को खतरा बढेको आशंका बढिरहेका बेला सुरक्षाकर्मीहरुले २ सय ५० जनाभन्दा बढीलाई गिरफ्तार गरेका छन् ।

उच्च तहका पाँच सुरक्षा अधिकारीको हत्या भएपछि ‘कु’को खतरा रहेको आशंकाका बीच उनीहरुलाई गिरफ्तातार गरिएको हो ।

राजधानी अदिस अबाबा र उत्तरी सहर अम्हारामा अहिले उच्च सुरक्षा सतर्कताको व्यवस्था गरिएको सरकारी अधिकारीहरुले बताएका छन् ।

गत हप्ताको अन्त्यमा सेना प्रमुख, एक जना अवकास प्राप्त जनरल र अर्का तीन जना वरिष्ठ क्षेत्रीय उच्च अधिकारीहरुको हत्या भएपछि सुरक्षा सतर्कता बढाइएको हो ।

विद्रोही सुरक्षाकर्मीहरुको तर्फबाट मुलुकलाई खतरा रहेको भन्दै सुरक्षा अधिकारीहरुले सरकारी पक्ष पूर्ण तयारी र सतर्क अवस्थामा रहेको जनाएका छन् ।

सुरक्षा तथा न्यायिक कार्यदलले अम्हारा क्षेत्रबाट मात्रै २१२ जनालाई गिरफ्तार गरेको जनाएको छ भने अदिस अबाबाबाट ४३ जनालाई गिरफ्तार गरिएको बताइएको छ ।

सुरक्षाकर्मीहरुले दुई ठूला मेसिनगन र २७ स्वचालित राईफल पनि बरामद गरेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । (एजेन्सी)