Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


बजेटसँग सम्बन्धित सबै विधेयक पास गर्ने तयारी


0
Shares

काठमाडौं, असार १३ । संघीय संसद्को प्रतिनिधिसभाबाट आज बजेटसँग सम्बन्धित सबै विधेयक पास गरिने भएको छ । 

प्रतिनिधिसभाको आज अपराह्न ४ बजे बस्ने बैठकमा सरकारले पेस गरेका बजेटसँग आश्रित आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत (तेइसौं संशोधन) विधेयकमाथि दफावार छलफलपछि पारित गर्ने कार्यसूची रहेको छ ।

त्यसअघि अर्थमन्त्री डा. युवराज खतिवडाले ती विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ ।

बैठकमा विकास तथा प्रविधि समितिकी सभापति कल्याणीकुमारी खड्काले विकास तथा प्रविधि समितिको वार्षिक प्रतिवेदनसमेत पेश गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।