
रसुवा, असार १२ । रसुवामा पहिलोपटक लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा पाराग्लाइडिङको परीक्षण गरिएको छ ।
बिहीबार गोसाइँकुन्ड गाउँपालिका–५, दुर्सागाङबाट डुलोस्याफुसम्म पाराग्लाइडिङको सफल परीक्षण गरिएको हो ।
नेपाल भ्रमण वर्ष २०२० र पालिका भ्रमण वर्ष २०१९ लाई मध्यनजर गर्दै पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले पाराग्लाइडिङको परीक्षण गरिएको भुल्दी गाङ पाराग्लाइडिङ उपभोक्ता समितिले जनाएको छ ।
पाराग्लाइडिङ तीन दिनसम्म परीक्षण हुने र बिहीबार तीनओटा उडान गरिएको समितिका अध्यक्ष शेराप साङ्बो तामाङले बताए ।
सोक्रममा एउटा ‘सिंगल’ र दुईओटा ‘डबल ‘फ्लाइट’ गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्