
काठमाडौं, असार १२ । प्रतिनिधिसभाअन्तर्गत्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उद्योगसम्बन्धी स्पस्ट कानुनको अभावका कारण व्यवसाय धराशायी बन्दै गएको जनाएको छ ।
बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा विज्ञहरुसँगको छलफलकाक्रममा सदस्यहरुले उद्योगसम्बन्धी कानुन समय सान्दर्भिक बनाउन सुझाव दिएका थिए ।
छलफलमा सहभागी विज्ञहरुले स्वदेशी र विदेशी लगानीकर्तालाई उद्योग सन्चालन एवं लगानीको वातावरण नहुन्जेल राष्ट्रिय आयोजनासमेत प्रभावित बन्नसक्ने चेतावनी दिए ।
कानुन किन र केका लागि बनाइएको हो भन्ने प्रस्ट हुनुपर्ने र चालू उद्योग सन्चालनबारे नियमन र निगरानी आवश्यक रहेको विज्ञहरुको धारणा थियो ।
यसैगरी, उनीहरुले औद्योगिक वर्गीकरणका साथै सहुलियत र सुविधाबारे कानुनमा स्पस्टताका उल्लेख गर्नुपर्ने सुझाव दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्